सिवाईसी नेपाल लघुवित्त वित्तीयले १३.४३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, ६ पुस । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यहि पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२।७६ प्रतिशत बोनस शेयर रहेको छ भने ०।६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। साधारण सभाको मिति भने तोकी सकेको छैन ।















प्रतिक्रिया दिनुहोस्