दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । नारायणगढ(मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि बिहान पौने दशबाट सडक दुईतर्फी खुलेको हो । चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ(मुग्लिन सडक अबरुद्ध भएको थियो ।
सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको छ । १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ ।
नारायणगढ मुग्लिन सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्