जेठ ३० देखि खुल्दै एनएमबि बैंकको एफपीओ
काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन सकिनेछ ।

एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।















प्रतिक्रिया दिनुहोस्