विद्यार्थीहरुको कपाल जथाभाबी मुण्डन नगर्न महानगरपालिकाको निर्देशन
काठमाडौं, ३ पुस। काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीको कपाल लामो भएको निहुँमा जथाभाबी मुण्डन नगर्न निर्देशन दिएको छ।
महानगरको शिक्षा विभागले बुधबार एक परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो।
केही विद्यालयहरूले कपाल लामो भएको भन्दै छात्रहरूको कपाल जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै महानगरमा गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो।
महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ ९ट० अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाएर लागू गर्न सक्ने व्यवस्था भए पनि सोही नियमावलीको नियम १३३ ९१० ९ट० ले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराएको छ।
महानगरले कानुनमा भएको उक्त व्यवस्थालाई उद्धृत गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी मात्र आचारसंहिता पालना गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ। विद्यार्थीहरुले कपाल लामो बनाउन नपाएकोले विभिन्न दुखेसो व्यक्त गर्दै आएको थिए ।















प्रतिक्रिया दिनुहोस्