सुनको मुल्य समान्य बढ्दा, चाँदीको उच्च रेकर्ड
काठमाडौं, २ पुस । नेपाली बजारमा सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार बजारमा सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँ बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो । यसले गर्दा खरितकर्तालाई निकै मर्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्