सुनको मूल्य बढ्यो, चाँदी निरन्तर रेकर्ड ब्रेक
काठमाडौं,२५ मंसिर । बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो । त्यसैगरि चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । आज बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च दर कायम हुँदै नयाँ रेकर्ड बनाएको हो ।















प्रतिक्रिया दिनुहोस्