सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदीको नयाँ रेकर्ड
काठमाडौ., १७ मंसिर । बुधबार नेपाली सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
सुनको मूल्यले डेढ महिनाअघिको सो रेकर्ड तोड्न नसकिरहेका बेला चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।
बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ । विवाहको सिजनमा सुन र चाँदीको मुल्य वृद्धिभएसँगै उपभोक्त तथा खरिद कर्तालाई निकै मार परेको छ ।















प्रतिक्रिया दिनुहोस्