कालिमाटी तरकारी बजार पुगेर मन्त्री खनालले दिए यस्तो कडा निर्देशन

काठमाडौं । कषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले काठमाडौंको कालिमाटी स्थित तरकारी बजार व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारको सोमबार अनुगमन गर्दै मन्त्री खनालले तरकारी बजार अव्यवस्थित भएकाले व्यवस्थित गर्न एक साताको समय दिएका हुन् ।

उनले तरकारी र फलफूल बजारमा फोहरमैला र दुर्गन्ध बढेको भन्दै तुरुन्त सरसफाई गर्न पनि निर्देशन दिए ।

तरकारी बजारमा तरकारी खरिद गर्ने आउने मानिससमेत दुर्गन्धको संक्रमणले बिरामी पर्ने अवस्था रहेको भन्दै उनले यसलाई ब्यवस्थित गर्न कार्यविधि बनाइने जानकारी दिए ।

कालिमाटी बजारभित्र रहेका माछा पसलले दुर्गन्ध फैलाएको भन्दै त्यसलाई बालाजुमा सार्ने तयारी भइरहेको उनले बताए ।

कालिमाटी बजार व्यवस्थापन समितिसँग छलफल गरेपछि समस्या समाधान गर्ने आश्वासन उनले दिए ।

मन्त्री खनालले तरकारी र फलफूलको बजार भाउ र स्टलको भाडामा विषयमा समेत जिज्ञासा राखेका थिए ।

तरकारी स्टलहरु भाडामा लिएर अन्य व्यक्तिलाई महँगोमा बिक्री गर्ने परिपाटीको सिन्डिकेट पनि चाँडै तोडिने उनको भनाइ थियो । मन्त्री नेतृत्वको टोलीले तीन दर्जन पसलको अनुगमनसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्