सुन र चाँदीको मुल्य समान्य घटबढ

काठमाडौं, १६ मंसिर । नेपाली बजारमा सुन र चाँदीको मुल्य समान्य घटबढ भएको छ । सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हाल सम्मकै उच्च हो । यसले भपभोक्ता मारमा परेकोछ ।

प्रतिक्रिया दिनुहोस्