सुन र चाँदी दुबैको मूल्य बढ्यो
काठमााडौं, १४ मंसिर । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, गत शुक्रबार तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सुन दिनानुदिन बढ्दै गएको यसले विबाहको सिजनमा सुन खरिद कर्तालाई निकै मर्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्