चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का
काठमाडौं, १२ मंसिर ।चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर) अनुसार २ अर्ब ३९ करोड रुपैयाँ० लागतमा सो बराबरको नोट छाप्न चिनियाँ
कम्पनीका अनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।
तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यि नै कम्पनीले अब नेपाली नोट छाप्ने छ ।















प्रतिक्रिया दिनुहोस्