सुन र चाँदीको दुबैको मूल्य वृद्धि
काठमाडौं, १० मंसिर । नेपाली बजारमा सुन र चाँदीको दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार तोलाको ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्