हिमालपारीको जिल्ला मनाङमा ब्यवसायिक आलुको खेती शुरु

मनाङ । बजारको अभावमा फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ।

मोटरबाटोको अभाव हुँदा यहाँ उत्पादन भएको आलु जिल्ला बाहिर सकेको थिएन। जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थालेका छन्। हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात रहेकोछ। नेपालमा अर्गानिक खेती हुने मध्ये मनाङ जिल्ला अग्रपंक्तिमा पर्छ।

यहाँको प्रमुख बाली आलुलाई लिइन्छ। वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको साथ साथै विदेशीको समेत मन जितेको छ।

यहाँ आउने नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन्। मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन्।

मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ।

आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यावसायिक रुपमा आलुखेती गर्न थालेका छन् भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्