सुन र चाँदीको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,९ मंसिर । मंगलबार छापावाल सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी मूल्य पनि यस दिन बढेको छ । आज चाँदीको मूल्य ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्