सुन र चाँदीको दुबैको मूल्य बढ्यो

काठमाडौं, ७ मंसिर । आज (आईतबार) सुन र चाँदीको दुबैको मूल्य बढेको छ । यस दिन नेपाली बजारमा सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबारको बजारमा प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्