सुन र चाँदी दुबैको मूल्य घट्यो
काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी ८५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबारको बजारमा प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यस दिन चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया दिनुहोस्