सुन र चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं,४ मंसिर । बिहीबार छापावाल सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्