संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख : मुख्यमन्त्री गुरुङ

लमजुङ । प्रदेश नंं.४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको बताएका छन् । लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि दुःख पाएको उनको दाबी गरे । “पहिले संघीय र प्रदेश सरकार निर्माण गरी त्यसपछि मात्र गाउँ र नगर सरकार निर्माण गर्नुपथ्र्यो”, मुख्यमन्त्री गुरुङले भने , “यदि त्यसो भएको भए कानून निर्माणसँगै स्रोत र जनशक्ति व्यवस्थापनमा सहज हुन्थ्यो ।”

मुख्यमन्त्री गुरुङले केन्द्रीय सरकारले स्थानीय जनप्रतिनिधिलाई तलब दिन नसके पनि प्रदेश सरकारले आन्तरिक स्रोतबाट प्रदान गर्ने आश्वासन दिए । मुख्यमन्त्री गुरुङलाई भोटेओडारस्थित स्थानीय तमु आमा समूहले पनि सम्मान गरेका थिए भने नगरसभामा नगर प्रमुख जनकराज मिश्रले आव २०७४/०७५ को कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्