सानिमा लाईफ इन्स्योरेन्सको नेपालगञ्ज, तुलसिपुर र बुटवल शाखा विस्तार

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले बाँकेको नेपालगञ्ज, दाङ्गको तुलसिपुर, रुपन्देहीको बुटवलमा शाखा विस्तार गरेको छ ।
कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणमा वीमा सम्बन्धी चेतना जगाई नेपालीहरुलाई जीवनवीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई लगायत स्थानिय उपस्थितिमा दाङ्गको तुलसिपुर, रुपन्देहीको बुटवलमा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो ।

सानिमालाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको र गैर–आवासीय नेपालीहरुले सानिमालाईफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरेको छ ।

कम्पनीले जीवन वीमा गराई सामाजिक सुरक्षा प्रदान गर्दै जनतामा वचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरुलाई समेत जीवनवीमाको दायरामा ल्याइ बचत तथा सामाजिक सुरक्षा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ ।

कम्पनीले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा शेयर बिक्री गरी चुक्ता पूँजी रु.२ अर्ब कायम गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्