११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा, विजेतालाई दुई लाख

काठमाडौं, ३ मंसिर । विजेतालाई दुई लाख, अन्य विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर
बहुप्रतिक्षित ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी करिब पुरा भएको छ । यसपटक नेपालगन्ज म्याराथको विजेताले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछ । त्यसैगरी महिला हाफ म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।
पुरुष खुल्ला म्याराथन(४२.१९५ किमी)तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत हुनेछ । शीर्ष दश स्थानसम्म हासिल गर्नेलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ । साथै म्याराथन दौड पुरा गर्ने सबै धावकलाई नगद पाँच हजार, पदक र प्रमाणपत्र प्रदान गरी प्रोत्साहज गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । भेट्रान ४५ बर्षमाथि शीर्ष तीनलाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथन(२१किमी)तर्फ दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार प्रदान गरिनेछ ।
१० किमी खुला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई २५हजार, १५हजार र १० हजारले पुरस्कृत गरिनेछ । त्यस्तै पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र गरिनेछ भने ह्वीलचेयर तर्फका तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ । किड्स रनका सम्पुर्णलाई पदकले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ । उक्त सरप्राइज प्याकेज भने म्याराथनपछि घोषणा गरिनेछ ।
यसपटक नौलो प्रयास
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने तयारी छ । स्वस्थ समाज निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई यो ट्रफीबाट सम्मान गरिनेछ । धेरै विद्यार्थी सहभागी गराउने मापदण्ड यसपटक बनाइएको छ ।
फिपिक्स पहिलोपटक नेपालमा
म्याराथन वा कनक्लेवमा सहभागीलाई रोमान्चकता अनुभुति गराउने प्रयास स्वरुप फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयको तयारी गरिएको छ । यो भियतनामको प्रतिष्ठित आइटी कम्पनी एक्टीयुपीले प्रवद्र्धन गरेको प्रोग्रामिङ हो । स्क्यानरमार्फत सम्बन्धित व्यक्तिको ह्वाट्सएपमा स्वतः तस्वीर आउने कार्यक्रम हो । नेपालमा पहिलोपटक धारा नेपालगन्ज म्याराथनकै भगिनी कार्यक्रम काठमाडौं२५के हेरिटेज रेस र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा कार्यान्वयन गरिएको थियो ।
अन्तर्राष्ट्रिय एक्सपोजरको अवसरै अवसर
धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया, सिंगापुर, भारत, भुटान, बंगलादेश लगायत देशमा सन्चालन हुने प्रतिष्ठित म्याराथनसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । यसले विश्वस्तरीय इभेन्टको अनुभव बटुल्न धावकसँगै आयोजनामा प्रतिवद्ध सदस्यहरु, स्वयंसेवक, साझेदार लगायतले अवसर पाउनेछन् ।
यसअघि
११औं धारा नेपालगन्ज म्याराथन सफल बनाउन केएल दुगड ग्रुपको धारा तेल, ज्ञान, शिखर प्लाई, ईसेवा, राष्ट्रिय वाणिज्य बैंक प्रमुख साझेदार रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक रहेका छन् । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड समेत साझेदार छन् । त्यस्तै वल्र्ड लिंक, वनस्टेप फाउन्डेसन(अमेरिका), नेपाल अमेरिका फिल्म सोसाइटी(अमेरिका), बाँके बर्दिया मैत्री समाज(जापान) पनि सहकार्य गरिरहेका छन् । वल्र्ड लिंक, यति एयरलाइन्स, होटल डायमन्ड प्यालेस लर्ड्स प्लाजा, तपोभुमि टुर्स एण्ड ट्राभल्स, दैनिक नेपालगन्ज, नेपालगन्ज न्युरो हस्पिटल, हाम्रो खेलकुद, हाउस अफ म्युजिक, एकुरेट लगायत रहेका छन् ।
कार्यक्रमका लागि महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आउँदैछन् । उनीहरु नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रुपमा रहनेछन् । कनक्लेवमा महानगर एक सपना ः उदाउँदो र पुरानो सहर जोड्ने बहस, खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपाल ः अन्योल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिसाप, फाइनप्रिन्ट फिवर, ७७७च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिनेछ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्