छुटेका विषय आगामी बजेटमा समेटिने : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.यूवराज खतिवडाले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निक्र्योल नगर्न विपक्षका सांसद्हरुलाई आग्रह गरेका छन् ।
बजेटमा नीति तथा कार्यक्रम र वाम गठबन्धनको घोषणापत्रका विषय छु्टेको भन्ने प्रसंगमा आईतवार बसेको संसद बैठकमा जवाफ दिँदै उनले छुटेका विषय आगामी बजेटमा आउन सक्ने संकेत गरे ।
उनले भने, ‘हामी अलि लामै यात्रामा छौं । पहिलो ५ सय मिटर कु्द्दैमा कसले जित्छ कसले हार्छ ? को अगाडि, को पछाडि भन्ने निक्र्योल गर्नु छिटो हुन्छ’ उनले भने ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही कुरा छुटे भन्नु ५०० मिटरमै जित हारको निक्र्योल गर्न खोज्नु हो । हेर्दै जाउँ हामी म्याराथन जित्छौं ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता बढाउने विषय आउँदा बजेटमा संबोधन गर्ने पनि बताए ।















प्रतिक्रिया दिनुहोस्