सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं,२ मंसिर । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले र चाँदी ६५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्