सुन र चाँदीको मूल्य सामान्य वृद्दि

काठमाडौं,१ मंसिर । सोमबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार बजारमा यस्तो मूल्य ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्