प्रधानमन्त्रीले ३ नं. प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

यही मङ्गलवार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सचिवालका अनुसार प्रधानमन्त्री ओलीले सोही दिन हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्नेछन् ।

उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौंडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्