वाणिज्य बैंकले घटाए व्याजदर

काठमाडौं,३० कार्तिक । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि निक्षेपको व्याजदर ०.१६ प्रतिशतले घटाएका छन् । जस मध्ये १० वटा बैंकले यथावत् राखे पनि १० वटा बैंकले भने घटाएका हुन् ।

कर्जाको व्याजदर घटाउँदा पनि कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकहरुले पछिल्लो समय निरन्तर रुपमा निक्षेपको व्याजदर घटाउँदै गएका छन् ।

वाणिज्य बैंकहरुले मंसिरको लागि सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार सबैंभन्दा बढी एनआइसी एसियाले आफ्नो व्याजदर ०.७५ प्रतिशतले घटाएको छ । मंसिरको लागि निक्षेपको व्याजदर घटाउनेमा सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन् ।

कुल २० मध्ये १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्