सुन र चाँदी दुबैको मूल्य घट्यो
काठमाडौं, २८ कार्तिक । आज (शुक्रबार) सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । आज शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मुल्य निकै वृद्धिले उपभोक्तmालाई मार परेको छ ।















प्रतिक्रिया दिनुहोस्