गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं, २७ कार्तिक । गरिमा विकास बैंकका साधारण शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा आज सम्पन्न १९औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ४।५३ प्रतिशत नगद लाभांश ९प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित० गरी कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका सामान्य प्रस्तावहरू पनि पारित गरेको छ ।
त्यसैगरी, साधारणसभाले विशेष प्रस्तावअन्तर्गत हालको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड पुर्याउने, हाल काठमाडौंको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका– ३, बालुवाटारमा निर्माण सम्पन्न भएको आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरूसमेत पारित गरेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।
देशभर १२६ शाखा कार्यालयहरू र ५१ एटीएम रहेको यस विकास बैंकले नवीनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्