३३ किलो सुन काण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले)ले मोरङ जिल्ला अदालत सामू आइतबार आत्मसमर्पण गरेका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले दिएको जानकारी अनुसार अदालतमा अहिले उनको बयान चलिरहेको छ । ‘कार्यालय खुले लगत्तै उनले आत्मसमर्पण गरेका हुन ।’, केसीले भने । अभियुक्त घले अर्का अभियुक्त भनिएका राप्रपाका नेता भुजुङ गुरुङका नातामा सालो भएको बताइएको छ । सुन काण्डका मुख्य अभियुक्त चुँडामणि उप्रेती गोरेले छिरिङ पनि सुन तस्करीमा संलग्न रहेको बयान दिएका थिए । यसअघि गत बिहीबार सुन काण्डमा मुछिएका एसएसपी श्याम खत्रीले पनि अदालत सामू आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्