नेप्से परिसूचक ३.२१ अंकले बढ्यो
काठमाडौं,२५ कार्तिक । मंगलबार सेयर बजार परिसूचक नेप्से ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा पुगेको छ ।
आज बजारमा ७९ लाख ४७ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । आज साहस ऊर्जा लिमिटेडको ३५ करोड, राँधी विद्युत् कम्पनीको ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र सिनर्जी पावर डेभलपमेन्टको ९ करोडको कारोबार भएको छ ।
आजको कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ वटाको घटेको छ। १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।
शाइन रेसुंगा डिबेन्चर र बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयरमा सकारात्मक सर्किट लाग्दा माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुंगल हाइड्रो क्रमशः ९.९९, ९.९९ र ९.९८ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, फाइनान्स कम्पनी, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्यको परिसूचक घटे ।















प्रतिक्रिया दिनुहोस्