सुनको मूल्यमा भारी वृद्दि, तोलामा नै करिव ५ हजारले बढ्यो
काठमाडौं,२५ कार्तिक । मंगलबार बजारमा सुन र चाँदीको मूल्य भारी वृद्दि भएको छ । आज छापावाल सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा निरन्तर बढेको सुनको मूल्यमा उलेख्य बढेको हो ।
त्यस्तै, मंगलबार चाँदी तोलामा १०५ रुपैयाँ बढेको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्