सुन र चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२४ कात्तिक । सोमबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदी पनि तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्