सुन तस्करी प्रकरणका नाइके छिरिङद्वारा आत्मसर्मपण

काठमाडौँ ।  सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसर्मपण गरेका हुन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका थिए।

उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्। अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ।
अर्का लगानीकर्ता मोहन अग्रवालसँग उनको विवाद भएको थियो। सोही कारण उनले नै सुन लुटेको आशंका गरिएको छ।

त बिहिबार फरार रहेका निलम्बित एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ।

तस्करीमा संलग्न ३० जना जेल चलान भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्