सुन र चाँदी दुबैको मुल्य वृद्धि

काठमाडौं, २१ कार्तिक । शुक्रबार सुन र चाँदी दुबैको मुल्य वृद्धि भएको छ । सुन तोलामा ६ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ मात्र बढेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ । सुनको लगानीलाई मानिसले सुरक्षीत मानेको छ ।

 

प्रतिक्रिया दिनुहोस्