सांसद् नियमावली निर्माण रोकियो

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण प्रक्रिया स्थगित भएको छ। सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि निलम्बन गर्ने वा नगर्ने विषयमा विवाद भएपछि नियमावली निर्माण प्रक्रिया रोकिएको हो। नेपाल कम्युष्टि पार्टी(नेकपा)ले निलम्बन राख्नु पर्ने अडान लिएको छ भने कांग्रेसले निलम्बन राख्नु हुँदैन भन्ने अडान लिए पछि विवाद भएको हो।

गत चैतदेखि नियमावली निर्माण प्रक्रिया सुरु गरिएको थियो। नियमावली मस्यौदा समितिले वैशाख २३ गतेको प्रतिनिसिधसभा र राष्ट्रियसभामा बैठकमा नियमावलीका मस्यौदा टेबुल गरेको थियो। नियमावलीका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै नियमावली मस्यौदा गठन भएका थिए।

प्रतिनिधिसभामाका नियमावली मस्यौदा समितिमा कृष्णभक्त पोखरेल संयोजक थिए भने राष्ट्रियसभाको नियमावली मस्यौदा समितिमा परशुराम मेघी गुरुङ संयोजक थिए।

नियमावलीलाई मतदानबाट टुंगो लगाउन नसकेपछि सभामुख कृष्णबहादुर महराले सहमतिका लागि प्रधानमन्त्री केपी शर्मा वली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, र कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्