सुन र चाँदी दुबैको मुल्य बढ्यो

काठमाडौं, २० कार्तिक। नेपाली बजारमा सुन र चाँदी दुबै धातुको बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको छ । हिजो भने सुन र चाँदी दुबैको मुल्य घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुनको माग निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्