आज सुनको मूल्य स्थिर चाँदी भने सामान्य बढ्यो
काठमाडौं,१७ कार्तिक । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो ।















प्रतिक्रिया दिनुहोस्