सुनको मूल्य स्थिर, चाँदीको १५ रुपैयाँ बढ्यो
काठमाडौं, १३ कार्तिक । आज भने नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । केहि दिनदेखि सुनको मल्य घटेकोमा आज भने स्थिर भएका हो । यसदिन सुनको कारोबार बुधबार कै मल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलबार छापावाला सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । यसरी सुन र चाँदीको कारोबार भइराखेको छ ।















प्रतिक्रिया दिनुहोस्