सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
काठमाडौं, १२ कार्तिक । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर भने चाँदीको मूल्य बढेको छ।
यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ मात्र घटेको हो। यस अघि केहिदिनदेखि ठूलो अन्तरमा घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मल्यभने तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसले गर्दा सुनको मुल्य कतिसम्म घट्को हो यसको भने कुनै टुंगो छैन ।















प्रतिक्रिया दिनुहोस्