इन्धनको मूल्यफेरि बढ्यो, अब ११३ पुग्यो पेट्रोलको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ । भारतीय आयल निगम (आईओसी) ले नयाँ मूल्यसूची पठाएसँगै नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको हो । आईओसीले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।















प्रतिक्रिया दिनुहोस्