सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,११ कात्तिक । मंगलबार सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ । यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तथा चाँदीको मूल्य घटेर कारोबार भएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्