सुनको भाउ तोलामै दुई हजार घट्यो
काठमाडौं, १० कात्तिक । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ ।
आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोला आज २ हजार घटाएर २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको हो ।
त्यसैगरी, चाँदी तोलामा ३५ रुपैयाँले घटेर २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
तिहार बिदापछि आइतबार बजार खुल्दा सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो ।















प्रतिक्रिया दिनुहोस्