राजा वीरेन्द्रको श्राद्ध गरे लक्ष्मणसिंह खड्काले

काठमाडौं । राजा वीरेन्द्रको १८ औं वार्षिक पुण्यतिथिको अवसरमा राजा वीरेन्द्रको नाममा लक्ष्मण सिंह खड्काले श्राद्ध गरेका छन् ।
सधैं पृथ्वी नारायण शाहदेखि शहिद तथा सपुतहरुको शालिकको संरक्ष्ण तथा रंगरोगन गर्र्दै आएका खड्काले राजा वीरेन्द्रको पुण्य तिथि पारीे शनिबार जावलाखेलस्थित राजा वीरेन्द्रको शालिकमा श्राद्ध गरि सालीकमा माल्यार्पण गरेको हुन् ।
खड्काले राजा वीरेन्द्र र उनको परिवारको आत्माको चिर शान्तिको कामना तथा स्मरण गर्दै वार्षिक श्राद्ध गरि शालिकमा माल्यार्पण गरि सबैका प्यारा र शान्ति प्र्रेमी राज विरेन्द्रलाई कसैले पनि भुन्न नसकिने बताए । राजा वीरेन्द्रको हत्यारालाई छानविन गरि पत्ता लगाउन नसक्नु बिडम्बनाको विषय भएको बताए ।
उनले भने, “२०५८ जेठ १९ नेपाली इतिहासको कालो दिन हो । यसै दिन राति राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यहरु एकै ठाउँमा हत्या गरियो । त्यस घटना सम्झिँदा आज पनि सबै हामीलाई पीडादायी हुन्छ ।”
२००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीका हृदयमा उत्तिकै सम्मानित र स्मरणीय भएको उनले बताए । उनले राजा वीरेन्द्रले गरेको विकास र कूटनीतिक सम्बन्धलाई मात्र आत्मसाथ गरि अगाडि भने पनि मुलुक समृद्ध हुने बताए ।
यस्तै राजा वीरेन्द्रको स्मरणमा स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठान, योगि नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, विश्व हिन्दु महासंघ, बहादुर शाह स्मृति प्रतिष्ठान र गौ संरक्षण कोषलगायत संघसंस्थाहरुले राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्