अधिक तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं,९ कार्तिक । नेपाल राष्ट्र बैंकले आज आइतबार ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।
अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र निक्षेप तान्न लागेको हो ।
अहिले कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । कबोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।















प्रतिक्रिया दिनुहोस्