सुनको भाउ तोलामा ११,६०० घट्यो

काठमाडौं,९ कार्तिक । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँ घटेको छ ।

तिहार बिदापछि आज आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकेको हो । यसअघिको कारोबार दिनमा सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पछिल्लो कारोबार दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका बजारमा पनि घटेको हो ।

प्रतिक्रिया दिनुहोस्