राजा वीरेन्द्रले वियर पिईरहेको फोटो सहितको वियर उत्पादन आपत्ति जनकः प्रतिष्ठान

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत स्वर्गीय राजा विरेन्द्रको अपमान गरि स्विसजरल्याण्डको एक टर्वीनेन्ब्राउ ब्रुअरी नामक वियर कम्पनीले राजा वीरेन्द्रले वियर पिईरहको फोटोसहितको मौसमी वियर उत्पादन गरि बिक्रि वितरण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राजा वीरेन्द्रको १८ औं वार्षिक स्मरण कार्यक्रममा आज विरेन्द्रको जावलाखेलस्थित शालिकमा माल्यार्पण तथा दिप प्रज्वलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले स्वर्गीय राजा वीरेन्द्रको जतिसुकै सम्मान र प्रशंसा गरेपनि कमि हुने बताए । उनले राजा वीरेन्द्रको अपमान गरि स्विसजरल्याण्डको एक टर्वीनेन्ब्राउ ब्रुअरी नामक विकम्पनीले राजा वीरेन्द्रले वियर पिईरहको फोटोसहितको मौसमी वियर उत्पादन गरि बिक्रि वितरण गर्नु कूटनीतिक विपरित कार्य भएको बताउँदै उनले यस प्रति प्रतिष्ठनको गम्भिर ध्यानाकर्षण भएको कुरा व्यक्त गरे । उनले यस्ता कार्यलाई सदाका लागि बन्द गर्न सबै सरोकारवाला निकायसंग आग्रह गरे । उनले राजा वीरेन्द्रको अपमान गर्दै एउटा छिमेकी सम्भान्त मुलुकले यस्तो कार्य गर्दा पनि राज्य चुपचाप बसेकोमा आक्रोस व्यक्त गरे ।

यस्तै प्रतिष्ठानका उपाध्यक्ष बलबहादुर बस्यालले वीरेन्द्रको तस्विरमा माल्यार्पण गर्दै सबैको सम्मानित राजा वीरेन्द्रको शान्ति अभियानलाई कसैले पनि विर्सन नसक्ने बताए । उनले वीरेन्द्रले वियर पीईरहेको फोटो सहितको विज्ञापन गर्नु भनेको सिंगो मुलुकको अपमान भएको बताए ।

प्रष्ठिानका अर्का उपाध्यक्ष बिनोदप्रसाद आचार्यले राजा वीरेन्द्र सबैको जनताको प्यारो राजा भएको बताउँदै उनको शान्ति अभियान र विकासलाई बर्तमान सरकारले शिरोधार्य गरि अगाडि बढ्नु पर्ने बताए ।
प्रतिष्ठानका सचिव रञ्जित धमलाले स्वर्गीय राजा वीरेन्द्रको असल कार्यलाई राज्यले पनि अवलम्बन गर्दै जानुपर्ने बताए । उनले नेपालका राजा वीरेन्द्रको वियर पिईरहेको फोटो सहित स्विसजरल्याण्डको एक टर्वीनेन्ब्राउ ब्रुअरी नामक कम्पनीले विज्ञापन गरेको छ त्यस प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले यसप्रति राज्यको ध्यान जानु जरुरी भएको जनााउँदै उनले यस्ता गैर न्यायीक, कूटनीतिक वीपरित कार्य गर्न कसैलाई पनि छुट नभएको बताए । उनले दोषी उपर कानूनी दायरामा ल्याई कारवाही गर्न जोडदार माग गरे ।

राजा वीरेन्द्र र उनको परिवारको आत्माको चिर शान्तिको कामना तथा स्मरण गर्दै माल्यार्पण तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ । प्रतिष्ठानले विगतका कार्यलाई निरन्तर्ता दिंदै यस वर्ष पनि जावलाखेलचोक स्थित राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरि दीप प्रज्वलन गरेको हो ।

२०५८ जेठ १९ नेपाली इतिहासको कालो दिन हो । यसै दिन राति राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यहरु एकै ठाउँमा हत्या भएको थियो । त्यस घटना सम्झिँदा आज पनि सबै हामीलाई पीडादायी हुन्छ ।

२००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीका हृदयमा उत्तिकै सम्मानित र स्मरणीय छन् ।
२०३१ फागुनमा राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकमा साठी भन्दा धेरै राष्ट्रबाट आएका राजा, राष्ट्रपति, प्रधानमन्त्री र युवराजहरू उपस्थित समारोहमा ‘नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्’ भन्ने प्रस्ताव राखे । त्यसलाई भारतले समर्थन गरेन तर ११६ राष्ट्रले समर्थन गरे । भारतकै दबाबका कारण त्यो हुन सकेन । यस्ता राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने हत्यारालाई अझै पत्ता लगाउन नसक्नु विडम्बनाको विषय हो ।

 

प्रतिक्रिया दिनुहोस्