सुन तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो, निरन्तरको रेकर्ड ब्रेक

काठमाडौं,३१ असोज । शुक्रबार सुन र चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिन सुनको मूल्यले निरन्तरको रेकर्ड ब्रेक गर्दै बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ

 

प्रतिक्रिया दिनुहोस्