नेप्से परिसूचक निरन्तर तेस्रो दिन घटेर बन्द

काठमाडौं,३० असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से आज पनि घटेको हो ।

बिहीबार नेप्से परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३ अर्ब १० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्