पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत

काठमाडौं, ३० असोज । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्