सुनको मूल्य बढेर नयाँ नयाँ रेकर्ड कायमै, चाँदी भने घट्यो

काठमाडौं, २९ असोज। बुधबार सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोसंगै सुनको मूल्यले हालसम्मकै नयाँ उचाई बनाएको हो ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्