चट्याङ लागेर १ जनाको मृत्यु, गम्भीर १ लाई थप उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौँ । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा शुक्रबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अर्का एक जनाको अवस्था गम्भीर छ।
खिजिदेम्बा–४ का ५७ वर्षीय मकरबहादुर दर्जीको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी रावादोलुले जनाएको छ। वर्षासँगै परेको चट्याङ लागेर घरमै बसिरहेका दर्जीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चट्याङ लागेर उनकी बुहारी २६ वर्षिया अनिता घाईते भएकी छिन्। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्